प्रदेशस्तरीय फुटबलमा स्याङ्गजा र नवलपुर विजयी

पाेखरा | भदौ १९, २०७९

प्रदेशस्तरीय फुटबलमा स्याङ्गजा र नवलपुर  विजयी

 

पोखरा ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय महिला  फुटबलमा स्याङ्गजा र पुरुष फुटबल तर्फ नवलपुरले जितेको छ ।

 

पोखरा रंगशालाको बि ग्राउन्डमा शनिबार सम्पन्न भएको खेलमा कास्कीलाई शुन्यको विरुद्ध ५ गोल गर्दे स्याङ्गजाले जित निकालेको हो ।

 

स्याङ्गजाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन । त्यस्तै खेलको २२ औ मिनेटमा टीम क्यापटेन शुष्मा जिटीले गोल गर्दे गोल संख्या दोब्वर बनाएकी थिइन ।

 

खेल अवधीभर कास्की माथि हावी भएको प्रतियोगितको ३९ र ४० औ मिनेटमा सुक्रिया मियाँले २ गोल गरेकी थिइन । त्यस्तै खेलको ४८ औ मिनेटमा पुष्पा गुरुङले आफनो टीमको लागि अर्को १ गोल थप्दै जित सुनिश्चित गरेकी थिइन ।

 

विजयी खेलाडीहरुलाई एक कार्यक्रम बिच ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जितले बताए ।

 

विजयीजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दे  कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङले भोलि बेलुकी सम्म नवौ राष्ट्रिय प्रतियोगितमा सहभागी हुने गण्डकी प्रदेशको फुटबल खेलाडीहरुको अन्तिम नामवली प्रकाशन गरिने बताए ।

 

त्यसको लागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङको संयोजकत्वमा ५ सदस्य कोर टीम बनाएको गुरुङले जनाए ।

 

पुरुष फुटबलमा नवपुरको जित

पोखरा रंगशालामा शनिबार सम्पन्न भएको पुरुष फुटबलमा लमजुङ्गलाई शुन्यको विरुद्ध १ गोल गर्दे नवलपुरले जित निकालेको छ  ।

 

नवलपुरको जितमा खेलको ४३ औ मिनेटमा टेक बहादुर पाटाले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लमजुङ्गले खेल अन्तिम सम्म फर्कने प्रयास गरे पनि सफल हुन सकेन । अन्तत खेलको नजिता नवलपुरलाईलाई सुम्पन्न बाध्य भयो ।

 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्